अडगुरीको राक्सेपानीमा जंगली च्याउ नखाने, बालविवाह, आत्महत्या सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
राक्सेपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं.७ अडगुरीको राक्सेपानीमा जंगली च्याउ नखाने, बालविवाह, आत्महत्या सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
हरी चौकी पाली अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार राक्सेपानीमा स्थानियबासी बुद्धिजिबि, भद्रभलादमी, महिला,युवाहरुको उपस्थितिमा जंगली च्याउ नखाने, बालविवाह, आत्महत्या सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । 
प्र.स.नि. राम नारायण चौधरीले जंगली च्याउ नखाने, बालविवाह, आत्महत्या सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु