सुर्य भुसाल
नरपानी, अर्घाखाँची । भुगर्भ सिमेन्ट प्रालि सिबराज नगरपालिकाको आयोजनामा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको खानी प्रभावित क्षेत्र पन्चासेमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
भुगर्भ सिमेन्ट प्रालिका सन्चालक ईन्दबहादुर बानियाको अध्यक्षता, नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वार्ड अध्यक्ष पृर्तम थापा, तुल्क थापा लगायतले मन्तब्य राखेका थिए ।
बृर्क्षारोपण कार्यक्रममा खाचिकोटबासी ५०० स्थानिय सहभागी भएको कार्यक्रममा भुगर्भ सिमेन्टका सन्चालक नन्दी केसरी, पौडेल महेन्द्र, रावल लगायतका सन्चालनको सहभागीता रहेको थियोे ।
कम्पनीले रचनात्मक काम गरेको भन्दै स्थानियले खुलेर प्रसम्सा गर्दै बिकासको लहर खाचिकोटमा आएको बताएका थिए ।