असूरकोटको चौतारामा एक किशोरी झुण्डिएको अवस्थामा फेला

असूरकोट
सुर्य भुसाल 
असूरकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असूरकोटको चौतारामा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
असूरकोटको चौताराका राजु परियारकी १६ वर्षिया छोरी अमृता परियार सोमबार बिहान ९ बजे घर नजिकको गिठीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
जनप्रिय माध्यमिक बिधालय असुरकोटमा ८ कक्षामा पढदै आएकी अमृताको मृत्‍युको कारण थाहा नभएको प्रहरीले बताएको छ । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।  घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु