अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ धारापानीको ठुलाखर्कमा जातिय भेदभाव तथा महिला हिँसा सम्बन्धी सचेतना विषयमा छलफल तथा अन्तरक्रिया कार्य्रक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ठुलाखर्क स्थानियबासी, बुद्धिजिवी, भद्रभलाद्मी तथा युवाको उपस्थितिमा जातिय भेदभाव तथा महिला हिँसा सम्बन्धी सचेतना विषयमा छलफल तथा अन्तरक्रिया कार्य्रक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी सहायक निरीक्षक कर्ण बहादुर थापाले जातिय भेदभाव तथा महिला हिँसा सम्बन्धी सचेतना विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।