सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सार्वजनिकीकरण एवं सर्वपक्षीय बैठक सम्पन्न

श्याम घिमिरे
साउन २९ ।  अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा मंगलबार सदरमुकाम सन्धिखर्कमा आ.व २०७५\०७६ मा सम्पादित कार्यहरूको सार्वजनिकीकरण, सर्व पक्षीय बैठक एवं जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । 
जिल्ला स्थीत स्थानिय निकायका प्रमुख,राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख,सञ्चारकर्मि लगायतको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले गर्नु भएको थियो ।
उहाँले जिल्ला प्रशासन कार्यालयको चालु आ.ब.को बार्षिक कार्यप्रतिबेदन,जिल्लामा सरकारी कार्यालयको बिद्यमान अबस्था लगायतका बिषयहरुकोबारेमा सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रममा बिभिन्न कार्यालयले प्रदान गर्ने सेबा सुबिधा सम्बन्धी सहभागीहरुबाट उठेका प्रश्नहरुको जबाफ समेत सम्बन्धीत कार्यालयका प्रमुखहरुले दिएका थिए । यस्तै कार्यक्रममा बिपद् व्यबस्थापन सम्बन्धी बिबिध बिषयमा समेत सर्बपक्षीय बैठक सम्पन्न भएको प्रजिअ लामीछानेले जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु