लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची क्रिकेट संघले तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।
अर्घाखाँची प्रिमियर लिगको सिजन-३ का लागी नयाँ लोगो सार्वजनिक गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । आश्विनको अन्तिम साता सुरु हुने प्रतियोगिताको दर्ता प्रक्रिया भाद्र १ देखी ३० गतेसम्म राखिएको छ ।
सन्धिखर्कको टुँडिखेलमा हुने खेलहरु टि-२० फरम्याटमा खेलाईनेछ ।
यस अँघिका दुईओटा संस्करणमा ४ टिमको सहभागिता रहँदै आएकोमा यसपाली ६ वटा टिमको सहभागिता रहने अर्घाखाँची क्रिकेट संघले जनाएको छ । खेलको मिती र टिमको बारेमा छिट्टै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष भट्टराइको भनाई छ ।