शोभाखर पन्थी
खनदह, अर्घाखाँची श्रावण ३२ । अर्घाखाँची जिल्लाको मालारानी ३ खनदहमा हाट बजारको सुरुवात गरिएको छ । स्थानीय तहमा उत्पादनदित बस्तुहरुको सहजरूपमा बिक्रीवितरण गर्ने उद्देश्यले हाट बजार संचालनमा ल्याईएको हो ।
हाट बजारको एक समारोहका बीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास र समृद्धिको पहरेदार स्थानीय बासिन्दा भएको बताउनुभयो । स्थानीय बासिन्दा सँग जोडिएको बिकास निर्माण दिगो र टिकाउ हुने भन्दै उहाँले जनचाहना अनुसार आफुहरु अघि बढ्ने बताउनु भयो । गाउँमा बाटो ,विजुली लगायतका पुर्वाधार पुगेको भएपनि जनताको जिबनस्तरमा कुनै सुधार हुन नसकेको भन्दै उहाँले प्रत्येक नागरिक लाई उत्पादनमूलक काममा लगाएर आत्मनिर्भर बनाउने अभियानमा आफु लागेको बताउनु भयो । ग्रामीण क्षेत्रका पाखा पखेरामा फलफूल ,जडिबुटी ,पशुपालन र कृषि गर्नको निम्ति प्रदेश सरकार मार्फत बिशेष कार्यक्रम ल्याउने तयारी भएको उहाँको भनाइ थियो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष समेत रहेका आचार्यले वर्तमान सरकार जनताको सेवामा समर्पित भएको भन्दै केन्द्र र प्रदेश सरकार बाट बिनियोजित बजेट र बिकासको काममा जनताले निग्रानी गर्नुपर्नेमा जोड दिनुभयो । किसान द्वारा उत्पादित कृषि उपजले बजार नपाउँदा कृषकमा निराशा छाएको भन्दै उहाँले हाट बजार संचालनले कृषकलाई राहत पुग्ने बताउँदै गाडीका गाडी कृषि उपज बाहिर पठाउने तयारीमा जुट्न सबैपक्षको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्यले पशुपालन र कृषिको माध्यम बाट जनताको जिवनस्तर माथि उठाउने दाबी गर्दै अब कामको लागि बिदेश होइन बैदेशिक रोजगारीको निम्ति बिदेशीएका युवालाई गाउँमै बोलाएर रोजगारी दिलाउने प्रतिबद्धता जनाउनु भयो ।
पालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले कृषिउपज,पशुपालन र घरेलु तथा कुटिर उद्योगको बिकास लाई गाउँ पालिकाले बिशेष महत्व दिएको बताउनु भयो ।
खनदह बजार व्यवस्थापन समिति का अध्यक्ष ईश्वरी खनालको अध्यक्षता र सचिव रमेश बि.क.को संचालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिनी ,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षत्री ,नेता जनार्दन खनाल ,वडा नं.३ का का.वा.अध्यक्ष दिपा पोख्रेल ,वडा नं. ४ का अध्यक्ष विष्णुप्रसाद पोख्रेल ,नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष शोभाखर खनाल ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका वार्ड अध्यक्ष दण्डपाणि पोख्रेल ,हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बलाराम खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै हाट बजार लाई व्यबस्थित गर्दै स्थानीय बासिन्दा लाई आयआर्जनमा जोड्नु पर्नेमा जोड दिनुभयो ।
गाउँ पालिकाको २ लाख ५० हजारको लागतमा संचालित हाट बजार हप्ताको एकदिन शनिबार संचालन हुनेछ ।
यसैबीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले शनिवार ज्ञानज्योती पुस्तकालयको उद्घाटन गर्नुभएको छ । मालारानी गाउँपालिका वडा नं.३ मा संचालित पुस्तकालयले स्थानीय बासिन्दाको चेतना अभिबृद्धिमा सहयोग पुर्याउने जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै आचार्यले मानिसले जिवनभर नयाँ कुरा सिक्नुपर्ने जरुरी रहेको बताउँदै पुस्तकालय लाई थप व्यबस्थित गरि जीवन उपयोगि बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नयाँ सीप र प्रविधि अनुसार व्यक्तिले आफुलाई रुपान्तरण गर्नुपर्ने मा जोड दिनुभयो ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन खनाल को अध्यक्षता र आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक भेषराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा मालाराननी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।