सन्धिखर्कको युवा वर्ष जनता रवि चित्र मावि हटारिनेटामा शुशासनकायम गर्न बिद्याथीको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

रुद्रमणि भुसाल 
हटारिनेटा,  अर्घाखाँची साउन ३२  ।  एकीकृत ग्रामिण बिकास समाज समाज अन्तरर्गत पारस्पारिक जवाफ देहिता परियोनाद्रारा गठित परिर्वतन रेडियो स्रोता क्लबको आयोजनामा शुशासनकायम गर्न बिद्याथीको भुमिका बिषयक वक्तृत्वकला प्रतियोता सम्पन्न भएको छ । 
 सन्धिखर्कको हटारिनेटामा रहेको  युवा वर्ष जनता रवि चित्र माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । 
प्रतियोगितामा गंगा रोकाहा प्रथम ,संगिता खड्का द्धितिय, सुजता पाण्डे तृतिय भएका छन् । प्रतियोगितामा देश र बिदेशमा भैरहेका शुशासन कायम गर्न भएका अभ्यासका लगायतका बारेमा बढि केन्द्रित भएर बिद्याथीहरुले बोलेका थिए ।  कार्यक्रममा  युवावर्ष रबिचित्र माध्यमिक बिद्यालयका प्र.अ टेकराज  आचार्यले बिद्यार्थीहरुले कार्यक्रम साझा बोली कार्यक्रम रेडियो सुनेर यस्ता खालका रचनात्मक कार्यक्रम गरेको धन्यबाद दिनु भएको थियो । 
त्यस्तै पारस्पारिक परियोजना अर्घाखाँचीका कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जिल्लामा संस्थाले गर्ने कामको बारेमा जानकारी दिदै शुशासन कायम गर्न बिद्याथीहरुले भुमिकाको बारेमा खुलेरै प्रसमस्सा गरेका थिए ।
 कार्यक्रममा समुदायिक संचारकर्मी रुद्रमणि भुसाल ,शिक्षक मदन आचार्य , अनुसन्धानकर्मी सागर परियार लगायतले मनतब्य राखेका थिए । 
प्रतियोगिता परिर्वतन रेडियो सा्रेता क्लबका सचिब अरबिन खनालको संचालन र क्लबकी अध्यक्ष जेनिसा चौहानको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्य समाचारहरु