सन्धिखर्कमा कर शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आन्तरिक राजस्व कार्यलय कृष्णनगरका प्रमुख कर अधिकृत पुन्य प्रसाद न्यौपानेले कर तिर्ने बानीको बिकास गर्न साना तथा ठुला ब्यबसायीहरुलाई आग्रह गर्नु भएको छ ।
उधोग बाणिज्य संघ अर्घाखाँची र आन्तरिक राजस्व कार्यलय कृष्ण नगरले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको कर शिक्षा सम्बन्धि कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत न्यौपानेले उधोग बाणिज्य संघले पहल गरे अर्घाखाँचीमा करदाता सेवा कार्यलय सन्चालनका लागि आफुले पहल गर्ने बताउनु भयो ।
उहाले भ्याटमा दर्ता भएर  काम गर्न कुनै अप्ठ्यारो नहुने बताउदै हिसाब किताब तुरुन्त दुरुस्त राखेमा कुनै समस्या नआउने बताउदै साना व्यापारी भन्दा ठुला ब्यापारीहरुले कर छलि गर्ने गरेको बताउनु भयो । 
न्यौपानेले ग्राहकलाई सेवा दिने उदेश्यले जिल्लाहरुमा तथा अन्य नगरपालिका गाउँपालिकाहरुमा विभिन्न खालका सिबिर आयोजना गरिएको बताउनु भयो ।
अर्घाखाँची जिल्लामा पनि अब अनुगमनलाई तिब्र पार्ने बताउदै आफ्ना खातापाता हिसाब किताब अभिलेख ठिकसँग राख्न आग्रह गर्दै न्यौपानेले सामान किने पछि बिल लिने र दिने बानीको बिकास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा कर अधिकृत ज्ञानेन्द्र गिरिले कर के हो अहिलेसम्म कर कार्यालयले कस्ता काम गरिरहेको छ भन्नेबारे सहजिकरण गर्नु भएको थियोे ।
कार्यक्रममा उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ कोष तथा लेखानियत्र कार्यालयका प्रमुख राम बहादुर केसी निर्माण ब्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारी उपाध्यक्ष कबिराम खनाल बरिस्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे होटल ब्यबायी संघका अध्यक्ष मोहनसिंह ठकुरी, फर्निचर ब्यबसायी बाबुराम श्रेष्ठ जनप्रतिनिधि लक्ष्मण पराजुली लगायतले अहिलेसम्म देखिएका समस्या त्यसको समधानका उपायहरुका बारेमा सुझाब राखेका थिऐ ।
कार्यक्रम उधोग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता महासचिब प्रदिप मिश्रको सन्चालन उपाध्यक्ष नेत्रप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु