अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ कुर शंखेटारी स्थित श्री भगवती मा.बि.मा लागु औषध नियन्त्रण सम्बन्धि विषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला शंखेटारी स्थित श्री भगवती मा.बि.मा अध्ययनरत छात्र, छात्र, शिक्षक, शिक्षकाको उपस्थितिमा लागु औषध नियन्त्रण सम्बन्धि विषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा प्र.स.नि. सन्तोष के.सी.ले लागु औषध नियन्त्रण सम्बन्धि विषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम गर्नु भएको थियो ।