अर्घाखाँचीडट्कम संवाददाता
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ४ केरुङ्गामा घरेलु मदिरा नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार केरुङ्गामा स्थानियबासी, भद्रभलादमी, युवा, बालबालिकाहरुको उपस्थितिमा घरेलु मदिरा नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्र.स.नि. रामबिलास यादवले घरेलु मदिरा नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो ।