सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नयाँ प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सुचना माग्ने र पाउने हरेक नागरिकको अधिकार भएकोले मागेका सुचना तत्काल उपलब्ध गराउनु पर्ने बताउनु भएको छ ।
१२ औ राष्ट्रिय सूचना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा कार्यलयका सुचना अधिकारी सन्चारक्रमिहरुसँग भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले जति सुचना सार्वजनिक गर्न सको त्यति सुसासन कायम हुने भएकोले कुनै नागरिकलाई सुचना दिनबाट बन्चित नगराउन निर्देसन दिनु भयो ।
प्रजिअ पौडेलले आफ्नो कार्यकालमा अनियमितता भष्टचार हुन नदिने बताउदै कहिकतै त्यस्तो गरेको पाईएमा आफुले कसैलाई छुट नदिने बताउदै मुस्कान सहितको सेवा प्रभाबकारी सेवा जनमैत्रि सेबा दिनका लागि कर्मचारीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज केल्बासे लगायत कार्यालयका सुचना अधिकारी सन्चारक्रमीहरुको सहभागिता थियोे ।