सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा भर्खर मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गरि शुसासन र पारदर्शितालाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य र उदेश्य रहेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आई प्रजिअको पदभार गणर गरे लगत्तै उहाले प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिदै प्रजिअ पौडेलले मुस्कान सहितको सेवा जनमैत्रि सेवा छिटो छरितो सेवा सेवाग्राहीले पाउनु पर्ने भन्दै त्यस तर्फ सचेत रहन कर्मचारीलाई आग्रह गर्नु भयो ।
उहाले जिल्लामा हुने अनियमितता भष्टचार कालो बजारी रोक्नका लागि आफ्नो कार्यकालमा कुनै कसुर बाँकी नराख्ने बताउदै भष्टचार मुक्त समाज बनाउने अभियानमा जिल्लाबासीको साथ सपोर्ट आबश्यक रहने बताउनु भयो ।
पौडेल जिल्लामा रहेका बिबादित योजना साबजनिक सम्पत्ति अतिक्रम लगायतका बिषमा अनुगमन अध्यान अनुसन्धान गरेर अगाडि बढने बताउदै शान्ति सुरक्षा मजबुद बनाउने अनियमिता रोक्ने सुसाशन कायम गर्ने मुस्कान सहितको सेवा कर्मचारी लागू गराउने आफ्नो पहिलो दायित्व भएको बताउनु भयो ।
प्रजिअ पौडेल अर्घाखाँची आएपछि भेटघाटलाई तिब्र पार्नु भएको छ । उहाले मङगलबार दिउसो १२ बजे आफ्नै कार्यकक्षमा जिल्लाका सन्चारक्रर्मीसँग अन्तरक्रिया तथा परिचय गर्नु भएको छ । परिचय कार्यक्रममा प्रजिअ पौडेलले अर्घाखाँचीमा सन्चार क्षेत्रको बिकास देख आफु निकै हर्सित भएको बताउदै सहकार्य गरेर आफु अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
पौडेलले सन्चारकर्मिले उठाएका कुराहरुलाई आफुले गम्भीरताका साथ लिएको बताउदै समग्र जिल्लाको बिकासमा हातेमालो गरिने बताउनु भयो ।
अर्घाखाँची जिल्लाको भौगोलिक अबस्था यहाँका जलन्त समस्या समधानका उपायहरु शान्ति शुरक्षाका बिषयमा सन्चारक्रमिले पौडेललाई जानकारी गराऐका थिए ।
प्रजिअ पौडेललाई नेपाल पत्रकार महासघका अध्यक्ष हिम लेकालीले खादा ओडाई जिल्लामा सम्मान गर्नु भएको थियोे ।