अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ आदर्श मा.वि. खाँचीकोट मैदानमा ट्राफिक नियम, लागु औषध नियन्त्रण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खाँचीकोटको आदर्श मा.विमा कक्षा ९ र १० मा अध्ययनरत छात्र , छात्रा लगायत शिक्षक, शिक्षिकालाई ट्राफिक नियम, लागु औषध नियन्त्रण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्र.स.नि. सुर्य प्रसाद पन्थीले ट्राफिक नियम, लागु औषध नियन्त्रण सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सचालन गर्नु भएको थियो ।