अर्घाखाँचीडट्कम संवाददाता
रातामाटा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ३ धारापानीको रातामाटामा महिला हिंसा, घरेलु मदिरा नियन्त्रण, जुवा तास नियन्त्रण तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार रातामाटामा स्थानियबासी, स्वास्थ्य महिला समुहको उपस्थितिमा महिला हिंसा, घरेलु मदिरा नियन्त्रण, जुवा तास नियन्त्रण तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्र.स.नि. कर्ण बहादुर थापाले महिला हिंसा, घरेलु मदिरा नियन्त्रण, जुवा तास नियन्त्रण तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।