सन्धिखर्कमा सुर्या लाइफको अभिकर्ता सम्मान तथा पुनतार्जगी तालिम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले अभिकर्ता पुनतार्जगी तालिम तथा उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम कम्पनी सहायक महाप्रबन्धक किरण गौत्तमको प्रमुख आतिथ्यता, एरिया शाखा प्रबन्धक बुद्व बहादुर सुर्यवंशीको अध्यक्षता तथा मोटिभेशन र शाखा प्रमुख दिनेश सुनारको सन्चानलमा सम्पन्न भएको हो ।
 कार्यक्रम आर्थिक बर्ष २०७५/७६ मा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई खादा र अवार्ड दिदै सम्मान गरिएको छ । उत्कृष्ट अवार्ड पाउनेहरुमा प्रथम सीता श्रीपाली सुनार, द्वितीय कृष्ण प्रसाद बन्जाडे र तृतीय स्थान तुल्सा पोख्रेलले हासिल गरि यो वर्षको उत्कृष्ट अवार्ड हासिल गर्न सफल हुनु भएको छ ।
तालिममा प्रशिक्षण दिदै सहायक महाप्रबन्धक किरण गौतमले गाउँ गाउँमा बिमा शिक्षा पुराउदै आम नागरिक को आर्थिक बचत संगै भबिस्यमा आइपर्ने जोखिम बहन गराउन सबैलाइ शिक्षण गर्नु भएको छ ।

अन्य समाचारहरु