सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा उद्योग वाणिज्य संघ अर्घाखाँचीले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेललाई एक कार्यक्रम बिच स्वागत गरेकाे छ ।
स्वागत कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारीले सबैले आ- आफ्ना क्षेत्रका जिम्मेवारी पूरा गर्दै अगाडि बडे समाज सुदृढ हुने बताउनु भएकाे छ । उहाँले भाेलीका दिनमा पेशा ब्यबसायका समस्या र चुनाैतिहरूलाई साझा रूपमा समाधान गर्न प्रयत्न गर्ने बताउँदै निजि क्षेत्रकाे सम्बृधिकाे लागि सदा साथ सहयाेग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।
उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ- संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पेशा ब्यवसायका समस्याहरूकाे बारे प्रमुख जिल्ला अधिकारिलाई जानकारि गराउनु भएको थियाे ।
उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष नेत्र प्रसाद भुसालकाे स्वागतमा काेषाध्यक्ष तुल्सिराम खनालकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।