अर्घाखाँची जिल्ला अदालतमा यो वर्ष २ सय ६१ मुद्धा फछर्यौट

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले न्यायपालिकाको तेस्रो रणनितिक योजनाका लक्ष्यहरु एक कार्यक्रम बिच सार्बजनिक गरेको छ ।
जिल्ला अदालतका श्रेस्तेदार गम्भिर घिमिरेले गएको आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७५। ७६ मा २ सय ६१ मुद्धा फछर्यौट भएको जानकारी दिनु भयो । एक बर्षको अबधीमा कुल ३ सय ८८ मुद्धा दर्ता भएकोमा २ सय ६१ फछर्यौट भएको र १ सय २७ मुद्धा फैसला हुन बाँकी रहेको जानकारी दिनुभयो । एक बर्षको अवधीमा सबै भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन । 
गत आर्थिक बर्षमा एक सय ६१ मुद्धा सम्बन्ध बिच्छेदका दर्ता भएकोमा १ सय १२ फछर्यौट भएका छन ।कार्यक्रममा बार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान,फरछ्यौट लक्ष्य, गत आर्थिक बर्षको मुद्दाको लागत फर्छौट र बाँकीको विवरण, फैसला कार्यन्वयन तर्फको विवरण तथा अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली हरुको बारेमा जानकारी गराइएको थियो । 
कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेव न्यौपाने लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु