चुत्राबेशीमा मोटरसाइकलको ठक्करबाट एक युवा गम्भीर घाइते

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेशीमा मोटरसाइकलको ठक्करबाट एक युवा गम्भीर घाइते भएका छन् ।
तस्बिर: फेसबूकबाट
चुत्राबेशीमा लु. ९ प ४९५२ नम्बरको पल्सर मोटरसाइकलको ठक्करबाट कामको खोजिमा सन्धिखर्क आएका प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वार्ड नं. ३ काहियाका २२ बर्षिय बिशाल बुढामगर गम्भीर घाइते भएका हुन् ।  
ठक्कर दिने चुत्राबेशीका पुष्कर भुसाललाई प्रहरीले पक्राउ गरेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । मोटरसाईकल तिब्र गतिमा चालाएको कारणले गर्दा घटना घटेको प्रहरीले बताएको छ ।   

अन्य समाचारहरु