खाँचीकोटको भुजुङ्गे गाउँका स्थानीयबासीहरु विभेदमा परे, पानी चुहिने खरको छानो मुनी त्रासमा बस्न वाध्य (भिडियो,फोटो फिचर)
भाद्र ६ गते, २०७६ मा प्रकाशित
बसन्त खड्का
खाँचीकोट अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पर्यटकीय नगरपालिका सन्धिखर्क वार्ड नम्बर ७ खाँचीकोट स्थित भुजुङ्गे गाउँका स्थानीयबासीहरु विभेदमा परेको बताएका छन् ।
वार्डले स्थानीयबासीका लागि बितरण गरेको जस्तापाता आवश्यकता आधारित नभई पहुचका आधारमा बितरण गरिएको भन्दै पिडा पोखेका हुन् ।
पहुँच हुनेहरुहरुलाई जस्ता पाता दिएको र पहुच नहुनेलाई आश्वासन मात्रै भएको उनिहरुको दाबी छ । स्थानीय डम्मर नेपाली आफ्नो घरको छाना भत्किने अबस्था भएर वार्डमा हारगुहार गर्दा तिर्पाल दिएर टारिएको बताए ।
यसैगरी एकल महिला डल्ली नेपालीले पनि चुहिने छानाको बिकल्पमा वार्डबाट तिर्पाल प्राप्त गरिन भने सर्मिला नेपालीले वार्डबाटै जस्ता पाता प्राप्त गरिन । तर एकल महिला एकसट्ठी बर्षकी ललिता नेपाली चुहिने खरको छानामुनी बस्न बाध्य छिन् । उनको आर्थिक अबस्था दयनीय छ । तर चार पाँच पटक वार्ड अध्यक्ष कहाँ धाउदा पनि केही नपाएको गुनासो गरिन् । चुनाबको बेला लम्पसार परेर सबै गर्छु भन्ने तर काम गर्ने बेला पक्षपात गरेको उनले बताईन।
सरकारी निकाय वा वार्ड स्तरबाट गरिएका कार्यक्रममा यस्तो विभेद हुनु हुदैन भन्ने स्थानीयहरुको गुनासो रहेको छ । उक्त गाउँमा अधिकांस दलित तथा बिपन्नहरु रहेका छन् ।
भुजुङ्गे गाउँका स्थानियहरु लामो समयदेखि वर्षा हुँदा पहिरो जाने हो कि घर भत्कने भन्दै त्रासमा बस्नु पर्ने वाध्यतामा रह्दै आएका छ । यहाँका कयौ स्थानियबासीहरु पानी चुहिने खरको छानोको घरमा बस्न वाध्य छन् ।
खरको छानो मुक्त पालिका बनाउछौ भन्दै चुनाव जितेर गएका प्रतिनिधिहरुले अहिलेसम्मा केही गर्न सकेका छैनन् ।