प्रथम पाणिनी तीज, पर्यटन, व्यापार तथा सांस्कृतिक मेला-२०७६ को अन्तिम तयारी पुरा
भाद्र ९ गते, २०७६ मा प्रकाशित
प्रकासित मिती: २०७६ भाद्र ८ आईताबार
डिआरजी सुमन
अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । प्रथम पाणिनी तीज, पर्यटन, व्यापार तथा सांस्कृतिक मेला-२०७६ को अन्तिम तयारी पुरा भई सकेको छ ।
भोली भदौ ०९ गते पुर्व उप प्रधान तथा भौतिक योजना मन्त्री, अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सांसद टोपवहादुर रायमाझीको प्रमुख आथित्यता तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरे सहितका विशिष्ट व्याक्तित्वको उपस्थितीमा विहान १० वजे कार्यक्रम उद्घाटन गर्ने योजना रहेको सह आयोजकले जनाएको छ ।
यसै विषयमा थप के के भई कार्यक्रम रहेका छन त भन्ने विषयमा अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमनले सह-आयोजक संस्थाहरु पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम र पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीका महासचिव तिलक वेल्वासेसँग लिएको एक विशेष अन्तरवार्ता अर्घाखाँची डटकम र Drgsuman Page मा हेर्न सक्नु हुनेछ ।