छत्रदेब गाउँपालिकाले ३ वर्षका लागि बाली बिज्ञानमा ४० जना बिद्यार्थीहरुलाई निशुल्क पढाउन शुरु (तस्बिर सहित)

रुद्रमणि भुसाल 
छत्रदेब , अर्घाखाँची भाद्र ९  ।   छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले प्राबिधिक शिक्षा मार्फत गाउपालिकाको आर्थिक सम्बृद्धिका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले  ६० लाखको लगानीमा ३ वर्षे बाली बिज्ञानमा ४० जना बिद्याथीहरुलाई निशुलक पढाउन सुरुगरेको  बताउनु भएको छ । 
अध्यक्ष पोख्ररेलले गाउ्रँपालिकाले अतिबिपन्न ,असायहरुलार्य बढि प्राथमिकता दिएर  निशुल्क रुपमा ३ वर्षे बाली बिज्ञान संकायमा  बिद्याथीहरुलाई पढाउन लागेकाले सबै अभिभावकले आफना बालबालिकालाई पढाइको दैनिक निगरानी गर्न आग्रह गनु भयो । 
आर्थिक अभावमा चितवन ,काठमाडौ गएर कृषि पढन नपाएकाहरुकाहरुलाई  आफ्नै गाउँमा  निशुल्क रुपामा आप्mना 
बालबालिका पढाउन पाउदा अभिभावक र बिद्याथी समेत खुसी भएका छन् । बाली बिज्ञान बिषय जिल्लाबाहिर गएर पढ्नको लागि ३ देखि ५ लाख रुपैया खर्च हुने निमिम्त प्रमुख पशासकिय अधिकृत गिरीराज पंन्थीले बताउनु भयो । 
कार्यक्रममा उपाध्यक्ष तुल्सा देबी श्रेष्ठले गाउँपालिकाले देशमै पहिलो खरका छानामुतm गाउँपालिका ,काठका पोलमुतm ,दलितसमुदायलाई निशुल्क सोलर बतmी बितरन ,सामाजिक सुरक्षा भतmबितरणसगै निशुल्क स्वास्थ्य शिबिर जस्ता काम गरेर देशका ७५३ स्थानिय तहमा पहिलो भएको दावी गनु भयो । 
 कार्यक्रममा   वाड अध्यक्ष कमल पौडेल , बालकृष्ण श्रेष्ठ, , एग्रो फरेष्ट्री पोलिटेक्निक ईन्ष्टिच्युट मथुराका शिक्षक सुवास न्यौपाने ,पत्रकार रुद्रमणि भुसाल ,सुनिल पंन्थी लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा अबिभावक र निशुल्क पढने बिद्याथी गरि एकसय जनाको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य संयोजक  बिश्वदेब न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु