पाणिनीको दुर्गाफाटमा प्रथम व्यापार मेलाको दोस्रो दिन पालिका स्तरिय प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

डिआरजी सुमन 
   पाणिनी , दुर्गाफाट,अर्घाखाँची डटकम् । व्युरो पाणिनी गाँउपालिका वडा नं ८ कुरुले मा संचालन भई रहेको मेलामा विभिन्न प्रतियोगितात्मक प्रतिस्पर्धा भएकोमा पाणिनी ८ पाली टीम प्रथम पाणिनी ७ अड्गुरीको टीम दोस्रो र तेस्रो हुन सफल भएको छ ।
 पाणिनीको दुर्गाफाटमा प्रथम पाणिनी व्यापार तथा सांस्कृतिक मेलाको दोस्रो दिन पालिका स्तरिय प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । 
प्रदेश सांसद रामजी प्रसाद घिमिरे प्रमुख अथिती रहेको कार्यक्रममा पालिका प्रमुख अच्युत गौतमको अध्यक्षता,उपादक्ष्य लक्ष्मी गौतमको स्वागत मन्तव्य र पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनामको संचालनमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । यसै गरी यो मेला कार्यक्रम १० दिन सम्म लगातार चल्ने आयोजकले जनाएको छ ।
 तस्वीर उमेशहरी घिमिरे/ अर्घाखाँची डटकम्
 

अन्य समाचारहरु