मालारानी गाउँपालिकामा दरबन्दी मिलान र समायोजनको नाममा शिक्षकहरुलाई आतंकित बनाईएको भन्दै आपत्ती

लक्ष्मण घिमिरे
मालारानी,  अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेका विभिन्न शिक्षक संघ-संगठनहरुले गाँउपालिकालाई ध्यानाकर्षण गराएका छन । 
दरबन्दी मिलान र समायोजनको नाममा शिक्षकहरुलाई आतंकित बनाईएको भन्दै शिक्षक संघ-संगठनहरुले आपत्ती जनाएका छन । शिक्षक संघ-संगठनहरुसंग परामर्श नगरी एकलौटी गरिएको भन्दै गाँउपालिकाको यो कदमप्रति मालारानी गाउँपालिका अन्र्तगतका शिक्षक संघ-संगठनहरुको घोर आपत्ती रहेकोले यथाशिघ्र फिर्ता लिन माग गरेका छन । संगठनको अनुरोध कार्यान्यवन नगरी शिक्षकहरुको हकहित विपरित अगाँडी बढे, उनीहरुले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । 
आन्दोलनका क्रममा विद्यार्थीहरुमा पर्न जाने क्षतिको जिम्मेवारी गाउँपालिका हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको नेपाल शिक्षक संघका मालारानी अध्यक्ष शोभाखर खनालले जानकारी दिनुभयो ।  नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित ध्यानाकषर्ण

अन्य समाचारहरु