धारापानीको कुसुनडाँडाका एक विवाहित जोडी बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको कुसुनडाँडाका एक विवाहित जोडी बेपत्ता भएका छन् ।
कुसुनडाँडा निवासी तान बहादुर नेपालीका छोराबुहारी रेशम नेपाली र उनकी श्रीमती लिला नेपालीलाई रेशमले साथै लिएर घरको सल्लाहबिना १२ अगस्तको दिन देखि बेपत्ता हालसम्म परेका छैनन् । 
उनिहरु अहिलेसम्म कुनै सम्पर्कमा नआएकोले उनका घरपरिवार चिन्तामा परेका छन । उनिहरुको खोजीको लागि अहिलेसम्म जताततै सोधपुछ भैरहेको उनका दाई टंक नेपालीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए । 
परिवारका अनुसार उनिहरु भारतको दिल्ली हरियाणा तिर रहेको आशंका गरिएको छ । तस्बिरमा रहेका यी दुवैजनालाइ कुनै महानुभावले कहिकतै देखेमा  दिएको सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग पुर्याउनु हुन उनका परिवारहरुले आग्रह गरेका छन् ।
सम्पर्क आमा खगिकला नेपाली संपर्क नंबर +977-9779824468733.
दीदी +977-9779824402428.
दाई टक नेपाली संपर्क
इंडिया +91-9871579073
भिनाजु राजु नेपाली संपर्क नंबर +919781249062

अन्य समाचारहरु