श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) भाद्र १३ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले हरितालिका तिज पर्ब २०७६ को अबसरमा सामुहिक रुपमा दर खाई तिजको शुभकामना आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ ।
अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका बिभिन्न पालीकाबाट महिलाहरुको सहभागिता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले लामो समयको संघर्षपछि प्राप्त भएका महिलाका हकअधिकारहरु सुरक्षित गर्नपर्नेमा जोड दिनुपर्ने भन्दै महिला माथी हुने सबैखाले अन्याय अत्यचारको बिरुद्घमा लड्न सबै महिलाहरु एकजुट हुनु पर्ने धारणा ब्यक्त गरेका थिए । पछील्लो समय देशमा महिलामाथी हुनेगरेका ज्याजतीहरुलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसाका घटनाहरु बढेर गएको बताउदै अपराधीलाई कसैले पनि आफ्नो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएकोले सबै पक्ष सचेत हुनुपर्नेमा उनिहरुले जोड समेत दिएका थिए ।
कार्यक्रममा अ.ने.म.संघ कि केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा निकट अखिल महिला संघ जिल्ला सहईन्चार्ज कमला भण्डारी भुसाल, अन्तर पार्टी महिला संजाल अर्घाखाँचीकी सचिब शुसिला गैरे,पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तिजको गितमा सहभागीहरु छमछमी नाची सबैलाई मनोरञ्जन समेत दिलाएका थिए । कार्यक्रम अनेमसंघ जिल्ला सदस्य सिता भट्टराईको अध्यक्षता कोषाध्यक्ष मिना बिसीको स्वागत मनतबय र सचिब कल्पना पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।