अर्घाखाँचीका ३४ वर्षीय युवा बने भारतको एक सफल व्यवसायी तर चाहाना नेपाल नै फर्कने

डिआरजी सुमन
लुधियाना,अर्घाखाँची डटकम । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिकामा जन्मिएका ३४ वर्षिय विकास रेष्मी भारतको लुधियानाका एक सफल व्यावसायि हुनु भएको छ ।
एक सामान्य व्याक्ति कसरी सफल व्यावसायि वन्न सकिन्छ त भन्ने विषयमा अर्घाखाँची डटकम मार्फ़त लिईएको विषेश अन्तरवार्तामा उहाँ भन्नु हुन्छ संघर्ष र ईमानदारीता नै सफलताको पहिलो माध्यम हो । 
सामान्य रुपमा रु ५०० पकेटमा राखेर २००६ तीर पंजाव पसेका रेस्मि अहिले भारतकै एक प्रतिष्ठित मेडिकल कलेज सिएमसी अस्पतालको पार्किंग देखी क्यान्टिन संचालको रुपमा परिचित हुनुहुन्छ । आज Resmi Caters Service को नाममा रहेको कम्पनीमा २५० भन्दा धेरै कामदार कार्यरत छन भने उहाँ कै वुवा तथा भाई हरु पनि यसै कम्पनिमा कार्यरत हुनु हुन्छ ।
मेरो उद्देश्य भविष्यमा नेपालमै रहने हो तसर्थ नेपाल फर्किएर केही गर्ने योजना सहित काम गरि रहेको छु ।  नेपाली भूमिमै व्यावसाय संचालन गरी कम्तिमा पनि १००० जनालाई रोज़गार दिने योजना लिएर कार्य गरि रहेको छु अहिले मेरो पंजावमै ७ ओटा रेष्टुरेनेट (कैफ़े) सहित नेपालको कपिलवस्तु ४ नं जीतपुरमा पनि एक होटल संचालनमा छ । 
नेपालको वर्तमान राजनीति देखि खिन्न देखिने रेस्मी यो जनता नेतामुखी नभई नितीमुखी हुनु जरुरी रहेको वताउनु हुन्छ । सरकारले कृषि र शिक्षाको विकासमा ध्यान दिन जरुरी छ । नेपालमा अन्य धेरै क्रान्ति सकिएता पनि आर्थिक विकासको क्रान्ति आवश्यक छ जसको लागी सरकारले व्यावसायिहरुलाई लगानीको वातावरण र युवाहरुलाई अनिवार्य रोजगारको वातावरण वनाउन जरुरी छ । नेताका भाषण र सभा जुलुसमा हिडेर दिन विताउन वाध्य युवाहरु कृषि तथा उत्पादन क्षेत्रमा नलागे सम्म सुखी नेपाली समृद्ध नेपालको नारा निरर्थक नै रहने छ । 
कुनै पनि पार्टी भन्दा वाहिर रहेर पनी सार्वजनिक काम गर्न सकिन्छ भन्ने सोच भएका रेस्मी व्यवसायको अतिरिक्त सामाजिक क्षेत्रमा पनि दैनिक जसो जनताकै काममा पनि व्यास्त भएको देखिन्छ । नेपाली समाजका धेरै भन्दा धेरै कार्यक्रममा उहाँको उपस्थिती देखिन्छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु