अर्घाखाँचीडट्कम संवाददाता
भगवती, भदौ १४ अर्घाखाँची । अर्घाखाँचीको छत्रदेब गाउँपालिका भगवतीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा तीजगीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
सरस्वति माबि र भगवति अशल शासन रेडियो स्रोता क्लबको संयुक्त, आयोजनामा भएको प्रतियोगितामा नृत्यमा सृष्टि पाण्डे प्रथम , र मिनासी मगर द्धितिय भएका छन् । त्यस्तै एकल गितमा नोमा सुनार प्रथम र दिनेश पाण्डे द्धितिय भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सामुदायिक संचारकर्मी रुद्रमणि भुसालले बाल क्लब र भगवति रेडियो स्रोता क्लबले शुसानकायम गर्न बिभिन्न प्रतियोगिता मार्फत महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
प्रतियोगिता सरस्वाति माबिका प्रध्यानध्यपक ठाकुर प्रसाद पाण्डेको अध्यक्षता र सहर्जकर्ता लक्ष्मि पाण्डेको स्वागत मनतब्य र शिक्षक प्रेमराज मरासिनीको संचालनमा सम्पन्न भएको हो । नृत्यप्रतियोगितामा १२ जनाको सहभागिता थियो भने तीजगीत मातर्फ ७ जनाको सहभागिता रहको थियो ।