रुद्रमणि भुसाल
छत्रगन्ज। अर्घाखाँचीको छत्रदेव गाउँपालिकको वाड नं. ५ छत्रगञ्ग ,वार्ड नं. १ चिदिका र वार्ड नं. ५ अर्घातोषमा गरि तीन ओटै स्वास्थ्य चौकीबाट ल्यापसहितको स्वास्थ्य सेवा दिन सुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले जानकारी दिनु भयो ।
यी तीनओटै वडामा आधुनिक खालका स्वास्थ्य चौकी निर्माण भैसकेका छन् । छत्रदेव गाउँपालिले गर्भावति महिलाको लागि निशुल्क एम्बुलेसको पनि ब्यवस्था गरेको छ । यसले गर्दा आर्थिक अभावले समयमा उपचारको लागि स्वास्थ्य चौकी र स्वास्थ्य सस्थामा जान नपाएका नागिकलाई निकै प्रभावकारी हुने गाउँपालिकाकी उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले जानकारी दिनु भयो ।
छत्रदेब गाउँपालिकामा वाड नं. २ बल्कोटमा प्राथमिक स्वास्थ्य केन्दमा ५ जना एमबियस डाक्टर र गाउँपालिका भित्र ३ वटा एम्बुलेस समेत रहेका छन् । गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि बृद्धाभतmा बितरणसगैँ चौमासिक रुपमा स्वस्थ्य शिबिर संचालन गदै आएको छ ।