लक्ष्मण घिमिरे
अर्घाखाँची । पार्टि एकिकरणको लामो समय पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले पूर्णता पाएको छ ।
शुक्रवार सकिएको नेकपाको दोस्रो पूर्ण बैठकले ७ सदस्य रहेको कार्यलय समेत गठन गरेको छ । जस्को अध्यक्ष चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार बिक रहेका छन । लिलबहादुर बिकलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिईएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर-१ को अध्यक्षमा प्रकाश ज्ञवाली र सचिबमा धुब्रराज पाण्डे तथा प्रदेश क्षेत्र नम्बर-२ को अध्यक्षमा जिवनारायण कोईराला र सचिवमा जाकिर हुसेनलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले ६ वटै स्थानीय तहका ईन्चार्ज र सहईन्चार्ज, वडा इन्चार्जहरु, जिल्ला सल्लाहकार कमिटी, जेष्ठ कम्युनिष्ट मञ्च, विभागिय प्रमुख र उपप्रमुख तथा जनसंगठनको ईन्चार्ज र सहईन्चार्ज समेत तोकेको प्रचार तथा प्रकाशन विभागका प्रमुख तिलक मिश्रले जानकारी दिए ।