अर्घाखाँची जिल्ला प्रशासनबाट गिरफ्तारमा रहेका गुल्मीका विप्लव कार्यकर्ताले पार्टी परित्याग गरे

Image result for अर्घाखाँची प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । गुल्मि जिल्ला मालिका गाउँपालिका वडा नं .२ खोरखार बस्ने बिष्णु बि क र सोहि गाउँपालिका पाटाखर्क बस्ने राज खड्का २०७६ असार ३० गते गुल्मि जिल्लाको तम्घास बजार बाट गिरफ्तार परेका थिए ।
सामाजिक अशिष्टता दफा अन्तर्गत गिरफ्तारिमा परेका दुबै जनालाई अनुसन्धानका लागी अर्घाखाँची ल्याईएको थियो । उनिहरुले जिल्ला प्रशासन अर्घाखाँची सामु आफुहरु २०७६ सालदेखी नेकपा माओवादी विप्लव अन्तर्गत अनेरास्ववियु क्रान्तिकारीमा काम गर्दै आएको बताएका छन । आफुहरु गिरफ्तारीमा परेपछी पठनपाठन बिग्रिएको भन्दै अबदेखी कुनैपनी संगठनको जिम्मेवारीमा नरहने भन्दै नेपालको प्रचलित कानुनको पालना गर्ने बताएका छन । 
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी नायब उपरिक्षक प्रकाश बिष्ट पत्रकार ,परिवारका अभिभावकका बिच पार्टि परित्याग गरेका हुन ।

अन्य समाचारहरु