सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा जन्मिए र सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का स्थायी बासिन्दा बसन्त भुसाल ब्यापार ब्यबसायसँगै सामाजिक क्षेत्रका क्रियाकलापमा अहिले ब्यस्त देखिनु हुन्छ ।
बिदेशका जर्मनी, स्वीडन, फ्रान्स, साईप्रस, नर्वे लगायतका दुई दर्जन युरोपेली देश तथा एसियाका अधिकाम्स देशको भर्मण गरिसक्नु भएका युवा ब्यबसायी भुसाल अर्घाखाँचीका युवा निर्माण ब्यबसायीको साथै नेपाल हेबि ईक्यसमेन्ट ब्यबसायी समितिको बरिष्ठ केन्द्रीय उपाध्यक्ष नेपाल पेट्रोलियम डिलर एसोसिएसनको केन्द्रीय सदस्य लगाएतका महत्त्वपूर्ण जिम्मेवारी लिएर पदिय जिम्मेवारी पूरा गर्ने युवा ब्यबसायीको रुपमा परिचित भुसाल अहिले भर्खरै मात्रै १५ दिने युरोप भर्मण सकेर स्वदेश फर्कनु भएको छ ।
अर्घाखाँचीमा गुणस्तरीय काम गर्ने ब्यबसायीको रुपमा परिचित भुसालले अर्घाखाँचीको सन्धिखर्क रुपन्देहीको बाँस गढिमा भुसाल आयल सेन्टरका सन्चालन गर्नु भएको छ । उहाले आफु राजनीतिमा भन्दा पनि सामाजिक काम गर्न ईछ्छुक रहेको बताउदै युवाहरुले ब्यापार ब्यबसाय गरेर सामाजिक क्षेत्रको बिकासमा जोडदिनु पर्ने बताउनु हुन्छ ।
ब्यबसायबाट करोडौं रुपैयाँ आम्दाणी गर्ने भुसाल सरल ईमानदार सबैका प्रिय छन । मिहिनेत गरेर काम गरे स्वदेशमा सुन फलाउन सकिने उहाको भनाइ छ ।
सालिन र भद्र सभाबका धनी भुसाल दिन दुखिहरुलाई सेवा गर्ने आर्थिक रुपमा सहयोग गर्नेमा रुचि राख्दछन । भुसाल अर्घाखाँचीको गुणस्तरीय काम गर्ने ब्यबसायी हुन छोटो समयमा करोडौंको कारबार गर्न सफल भुसाल जिल्लाबासीका प्रिय पात्र हुन ।