श्याम घिमिरे
भगवती, अर्घाखाँची भदौ १७ । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडानम्वर ७ भगवतीका वडाअध्यक्ष शोभाखर पाण्डेले चढ्दै आएको लु १ ब १६८८ नम्बरको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।
पाण्डेको घरभन्दा माथी बाटोमा पार्किङ् गरी राखीएको सरकारी नम्बर प्लेटको मोटरसाईकलमा आगजनि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
आगजनी गर्नेको खोजि कार्य भैरहेको बिष्टले बताए । बिहान करीब साढे ४ देखी पौने ५ बजेको समयमा मोटरसाईकलमा आगजनि भएको हुनसक्ने अनुमान गरेको अध्यक्ष पाण्डेले टेलिफोन मार्फत जानकारी दिए ।