सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कर्मचारी मिलन केन्द्रको आयाेजनामा खुल्ला तथा कर्मचारी स्तरिय व्याडमिन्टन प्रतियोगिता कभर्डहलमा सुरु भएको छ । कार्यक्रमको एक समारोहबीच पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरेका हुन ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल उधोग बाणिज्य महासघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल लगायत समाजसेवी बुद्धिजीवी कर्मचारी खेलाडीहरुको उपस्थिति रहेको थियोे ।
खेल भोलिपनि हुने छ । उदघाटन कार्यक्रम मिलन केन्द्रका अध्यक्ष खिम बहादुर रानाको अध्यक्षता बिक्रम थापाको सन्चालनमा भएको हो ।
दिबस कै अबसरमा १८ गते साँझ ५ बजे ब्याड्मिन्टन प्रतियोगिता २१ गते बिहान ८.३० बजे बृक्षारोपण २१,२२,र २३ गते दिपाबली २२ गते ८.३० बजे प्रभात्फेरी प्रबचन तथा जेष्ठ कर्मचारी सम्मान महिला कर्मचारीहरुको लागि सभाहलमा कुर्ची दौड लगायतका कार्यक्रमहरु तय गरिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयो ।