भगवतीको देउराली वजारमा तीज मनाएर घर फर्कदै गरेकी चेली लुटिईन्

सुर्य भुसाल 
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर  ७ भगवतीको देउराली वजारमा तीज मनाएर घर फर्कदै गरेकी चेलीको हतियारधारी देखाएर एक अपरिचित लुटेराको समुहबाट गहना लुटिएको छ ।    
भगवतीको देउराली वजार नजिकै बुधवार दिउँसो करिव ३:३० वजेतिर एकजना अपरिचित हतियारधारी लुटेराले तिजमा माईत भगवतीको वाईगाउँवाट आफ्नाे घर रेनपा भुवनपानी जाने क्रममा सीता पाैडेललाई खुकुरी देखाई करिव २ ताेला भन्दा बढि सुनका गहना र एक सेट मुबाईल लुटेर लगेको हो । 
प्रहरीका अनुसार हतियारधारी लुटेराको समुहको खोजी जारी रहेको जनाएको छ । 
उता मंगलबार  छत्रदेब गाउँपालिका वडानम्वर ७ भगवतीका वडाअध्यक्ष शोभाखर पाण्डेले चढ्दै आएको लु १ ब १६८८ नम्बरको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनी गरेको थियो । 

अन्य समाचारहरु