पोखराथोकस्थित हरिहर संस्कृत जग्गा हड्प्ने चलखेल, ‘सुनसँग फलाम साट्ने’ प्रक्रिया अगाडि बढाईदै, कपिलवस्तुको मूल्यवान जग्गामा आँखा

नविन केसी र विष्णु घिमिरे 
पोखराथोक, अर्घाखाँची  । जिल्लाको पाणिनी गाउँपालिका पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण माविको नाममा कपिलवस्तुमा रहेको महँगो जग्गा हडप्ने चलखेल सुरु भएको छ । अर्घाखाँचीको व्यक्तिको सस्तो जग्गा विद्यालयलाई दिएर कपिलवस्तुमा रहेको महँगो जग्गा व्यक्तिका नाममा गर्ने चलखेल भएको हो ।
करोडौँ मूल्य पर्ने जग्गा कौडीको मूल्यमा हडप्न एउटा गिरोह सक्रिय भएर लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । विभिन्न कार्यक्रम विस्तारका लागि विद्यालयलाई करिब ५० रोपनी जग्गा आवश्यक परेको र यही मौकामा विद्यालयको मूल्यवान जग्गा हात पार्ने गरी सट्टापट्टाको खेल अगाडि बढाइएको हो,। गाउँपालिकाको गत निर्वाचनमा अध्यक्षको निकटतम् प्रतिद्वन्द्वी जीवनारायण कोइरालाले जग्गा साटफेरका नाममा ठूलो चलखेल र बदमासी हुने देखिएकाले विरोध गर्नुपरेको बताए । नमुना विद्यालय बनाउन जग्गा थप गर्ने सवालमा सकारात्मक रहेको भन्दै उनले मूल्यमान जग्गाको मूल्यांकन उचित तरिकाले हुनुपर्ने बताए ।
यस्तो छ चलखेल
विद्यालयलाई भौतिक र शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम विस्तार गर्न करिब ५० रोपनी जग्गा थप आवश्यक छ । अहिले विद्यालय सञ्चालन भएको स्थानमा विद्यालयको आवश्यक जग्गा छैन । जसका कारण विद्यालयले आसपासका व्यक्तिको जग्गा खरिद गर्नुपर्ने छ । विद्यालयलाई जग्गाको आवश्यकता भएपछि केही वर्ष अघिदेखि कपिलवस्तुमा रहेको जग्गामध्ये केही जग्गा व्यक्तिका जग्गासँग सट्टापट्टा गर्ने गरी छलफल हुँदै आएको थियो ।
विद्यालयलाई जग्गा आवश्यक भएको छलफलसँगै जग्गा साटफेरका नाममा करोडौँ रकम घोटाला गर्ने गरी चलखेल भएको पाइएको छ । आर्थिक वर्ष ०७४ र ७५ को मालपोत मूल्यांकनमा हरिहर संस्कृत विद्यालय वरिपरिको जग्गा भनेर कुनै किटान नै नगरिएकोमा ०७५र७६ मा मालपोत मूल्यांकन पुस्तिकामा सो नाम किटान गरेर खेल सुरु भएको हो । विद्यालय वरिपरिको वास्तविक चालू मूल्यभन्दा धेरै मूल्य पर्नेगरी मूल्यांकन भएको स्थानीय नेताको आरोप छ ।०७४ र ७५ मा विद्यालय क्षेत्र वरिपरिको भन्दामाथि बजार क्षेत्रको जग्गाको मालपोत मूल्यांकन प्रतिवर्ग मिटर एक हजार ५० रुपैयाँ कायम गरिएकोमा ०७६

अन्य समाचारहरु