दिपक भुसाल
काठमाडौं । लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीकाे आयाेजनामा अर्घाखाँची तिज विशेष २०७६ तथा पत्रकार कलाकार सम्मान कार्यक्रम काठमाडौंकाे वाल्मीकि कलेज बागबजारमा सम्पन्न भएकाे छ ।
कार्यक्रमकाे प्रमुख अथिति जाेन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रमकाे सभापतिताे सेन्टर लुम्बिनीका अध्यक्ष शिव देव पाण्डेले गरेका थिए ।
यस्तै कार्यक्रमकाे सन्चालन पत्रकार दिपक भुसाल गरेका थिए साथै सो कार्यक्रमकाे अवसर पारेर अर्घाखाँचीबाट काठमाडौं आई पत्रकारीता र कलाकारीता क्षेत्रबाट जिल्ला उत्कृष्ट याेगदान पुराएकाे भन्दै केही पत्रकार, कलाकारलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने कलाकारहरु लोकदोहोरी गायक मोतिराज खनाल , मोडल कृष्ण सापकोटासापकोटा,लोकगायक सुन्दर आचार्य ,लोकगायक खुमराज घिमिरेघिमिरे,गायक चिरन्जिबी लगायत थिए । साथै पत्रकार मुकुन्द गैरे, मुकुन्द भुसाल ,दिपक भुसाल लगायत लाई प्रमुख अधिति भुसाल र अध्यक्ष पाण्डे ले अभिर खादाले सम्मान गरिएको थियो ।
कार्यक्रममा समाज सेवि सचिन पाण्डे र सुवास ज्ञवाली र संस्कृतबिध लक्ष्मण रायमाझीलाई पनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा जिल्लाबासी लगायत छिमेकी जिल्ला गुल्मी ,पाल्पा ,कपिलवस्तु ,रुपन्देहीबाट राम्रो उपस्थिति रहेकाे थियोे ।