अर्घाखाँचीमा निजामती कर्मचारी युनियन संघद्वारा स्थापना दिबसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीले आफ्नो ३० औ स्थापना दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ ।
निजामती कर्मचारी युनियन सघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य सगठन बिभाग प्रमुख कृष्ण खनालको प्रमुख अतिथ्यता अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिबारीको विशेष अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार मनहासघका सचिब सुर्य प्रसाद भुसाल, स्वास्थ्यकर्मि संघका जिल्ला अध्यक्ष गणेश राज पौडेल, सिबिएका तारा प्रसाद पोख्रेल कृष्ण बर्मा ओम  श्रेष्ठ युनियन सघका सल्लाहकार हरु झबिन्द खनाल राधाराम आचार्य राम प्रसाद गौतम  युनियनका नेताहरु मुक्ति खनाल बिनोद कुवर लक्ष्मण खनाल दिपक पान्डे धर्म भुसाल केसब भुसाल पुस्पा भुसाल  लगायतका नेताहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम युनियनका सचिब रबि अर्यालको सन्चालन युनियनका प्रदेश उपाध्यक्ष माया घिमिरेको सन्चालनका सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कर्मचारीहरुको पेसागत सुरक्षा जन्ता मुखि सेवाका बारेमा चर्चा गर्दै बिरामीहरुको सु-स्वाथ्यको कामना गरेका थिए ।

अन्य समाचारहरु