पोखेडाँडा तीज मेला हेर्न गएका धारापानीका २१ बर्षिय एक युवा बेपत्ता

बाबुरोका मगर 
 धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर-३ धारापानीका एक युवा बेपत्ता भएका छन् ।
धारापानी निवासी २१ बर्षिय सुशील थापा नुवाकोटको पोखेडाँडा तीज मेला हेर्न जाने भनेर हिंडेको ६ दिन हुँदा पनि अहिलेसम्म फेला परेका छैनन् ।  
परिवारको भनाइ अनुसार छिमेकीको साथी मीन बहदुर थापासँग नुवाकोटको पोखेडाँडामा तीज मेला हेर्न गएका थिए । सँगै गएको साथी मीन बहादुर थापाको भनाइ अनुसार दुबै जना साबिक नगरपालिका बरवास निबासी जीवन रसाइलीको घरमा बास बसेको तर निज जीवनले घरमा राती मीन बहादुर एक्लै आएको बताएका छन्न । 
निज मीन बहादुर बिहान उठेर आफ्नो घर पुगेको र सुशील घर न आउदा घरका परिवारले सुसिलको बारेमा सोधपुछ गर्दा मीन बहादुर्ले घरसम्म सँगै आएको अरु केही थाहा नभएको जस्तो बोल्दा घरका परिवारले खोज तलास गर्न जाऔं भन्दा निज मीन बहादुरले नमानेकोले गर्दा शंकाको  आधारमा खिल्जी चौकीमा उजुरी गरिएको परिवार अर्घाखाँचीडट्कमलाई बतायो । 
सुशीलको अहिलेसम्म कुनै अत्तोपत्तो नहुँदा घर परिवार र आफन्तजनहरु चिन्तित बनेका छन् ।  उनलाई सकुशल भेटाउनको निम्ति सबैले आ-आफ्नो क्षेत्रबाट पहल गरिदिनुहुन उनिहरुले सबैलाई अनुरोध गरेका छन् । कोही फेला परेमा तलको नम्बर वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ । 
सम्पर्क नम्बर +९७७-९८४७२३७१०१
९८४७३९४६०८
९८११५८८४१६

अन्य समाचारहरु