अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपाने निवासी गायक एल.बि. पुनको काठमाडौँमा सडक दुर्घटना परी ज्यान गएको छ ।
बिहिबार साँझ आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका पुनको मोटरसाइकल दुर्घटना परी वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
“तिम्रै नाममा चल्छ ढुकढुकी” बोलको गित बाट उदायका पुन काठमाडौँमा बसेर लोक,दोहोरी,नृत्य तथा अभिनयमा पनि सक्रिय रूपमा लागेका थिए ।