सन्धिखर्कमा काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक सम्पन्न भएकाे छ । जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानकाे अध्यक्षतामा देशको संघियता संरचना अनुसार काँग्रेसकाे समिती हरु गठन गर्ने र वडाहरु मिसिएको वा छुट्टिएकोमा समायोजन गर्ने निर्णय भएकाे प्रकाशन तथा प्रचार विभागका प्रमुख माधव पाैडेलले बताउनु भयो 
सविकका क्षेत्रीय समितिहरुलाइ प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा रुपान्तरण  गर्ने र काँग्रेसले सञ्चालन गरेकाे प्रथम चरणको जागरण अभियान प्रभावकारी भएकाे समीक्षा काँग्रेस अर्घाखाँचीले गरेकाे छ । 
भदौ २४ गते देखि दोस्रो चरणमा हुने काँग्रेसको जागरण अभियानलाई पाणिनि गाउँपालिका वडा नं. १ पणेनाबाट प्रभावकारी रूपले अगाडि बढाउने निर्णय गरेकाे छ । बैठकमा क्षेत्रिय तथा वडा समितिहरु समायोजन गर्नको निम्ति केन्द्रले खटाएको निर्वाचन प्रतिनिधि जगन्नाथ भुसालले  सहजीकरण गर्नु भएको थियोे । 

अन्य समाचारहरु