सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सालझन्डी सन्धिखर्क ढोरपाटन सडकका योजना प्रमुख जयलाल मरासिनीले राम्रो र गुणस्तरीय काम गरे जनताले साथ दिने बताउनु भएको छ ।
रेडियो देउरालीको कार्यक्रम देउराली बहसमा बोल्दै योजना प्रमुख मरासिनीले सानातिना बिबादमा नलागी समग्र जिल्लाको बिकासमा सबै एकजुट भएमा अब सालझन्डीबाट सिधै ढोरपाटन पुग्ने गरि सडकको काम दुर्तगतिमा अगाडि बढेको बताउनु भएको हो । उहाले सन्धिखर्क रुप्दि खड्डमा दुबै तिर गरि १२ मिटर बाटो कायम गरि अहिले १ किलोमिटर कालोपत्रे गर्ने काम अगाडि बढाएको बताउदै बलेबाङ पुलदेखि फुदबाङ पुलसम्मको ९ किलोमिटर सडक कालोपत्रेका लागि टेन्डर आहावान गरिएको बताउनु भयो ।
उहाले सडकका अभिकाम्स ठाउँहरुमा ग्राभेल गरि सकिऐकोले सडकमा यस बर्ष ७ ठाउँमा बाटोको काम भईरहेको बताउनु भयो । उहाले कन्चन देखि ढुङग्रि सम्मको सडकको कामको जिम्मेवारी ल्याएको बिटि जयबाबा सयम्भुले काम नगर्दा सडकको काममा ढिलाई भएको बताउदै काम नगर्ने निर्माण कम्पनीको ठेक्का बदर गरि कालो सुचिमा राख्ने समेतका प्रक्रिया अगाडि बढाउदा निर्माण कम्पनिले कानुनी साहायता लिन अदालत पुगेकोले अदालतको आदेश अनुसार अगाडि बढने बताउनु भयो ।
मरासिनीले फुदबाङ पुलदेखि डम्पिङ साईट सम्मको सडक निकै अप्ठ्यारो भएको भएको महसुस गरि सडकलाई चौडा पार्ने काम भईरहेको बताउनु भयो । मरासिनिले सडक ठाउँ हेरिकन त्यसको मापदण्ड कायम गरिने र बजार क्षेत्रमा १२ मिटर कायम गरि सडकको काम अगाडि बढाउने बताउनु भयो ।