अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला समन्वय समितिको कार्यालय अर्घाखाँचीको आयोजनामा २ दिवसीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा रास्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का प्रदेश सभा सदस्य चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे जिल्ला स्थित ३ नगर् पालिका का नगर प्रमुख उप प्रमुख ३ गाउँ पालिका का अध्यक्ष उपाध्यक्ष प्रमुख जिल्ला अधिकारी विभिन्न कार्यलय का प्रमुख तथा प्रतिनिधि सन्चारकर्मी लगायत को उपस्थिति रहेको थियो ।
२ दिन सम्म संचालित बाषिक समिक्षा मा जिल्ला स्थित संघ प्रदेश र स्थानीय तहका कार्यलय हरुले २०७५/०७६ मा आफ्नो कार्यलय बाट भए गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा मन्तव्य राख्दै प्रमुख अतिथी रायमाझी ले भन्नू भयो अब सरकारी निकायले गर्ने कुनै पनि बिकास निर्माणका कार्य हरु लाई हिजको शैली र संस्कार बाट माथी उठेर काम गर्नु पर्ने भन्दै अब जिल्लामा नयाँ योजना हरु भन्दा पुराना योजना हरुको स्तर उन्नति गरेर जाने बताउनु भयो कार्यक्रम मा रास्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ले भन्नू भयो जिल्ला मा बिकास निर्माण का पुर्बाधारहरु निर्माण भैसकेको ले छिटै नै जिल्ला समृद्धि बन्ने दाबा गर्दै जिल्ला का केही कर्मचारी साथी हरु जनप्रतिनिधि जस्तो बन्न त खोजेको त हैन ब्याङ गर्नु भएको थियो ।
सोही कार्यक्रम केही निर्देशनात्मक मन्तव्य राख्दै प्रदेश सभा सदस्य चेतनारायण आचार्य ले भन्नू भयो प्रदेश सरकार बाट यश जिल्ला को लागि प्रयाप्त बजेट बिनियोजन गराउन सफल भए पनि बाहिर का ठेकेदार हरुको कारण ले आफू हरु समेत बदनामी भएको उल्लेख गर्दै स्थानीय तह हरु मा समेत बजेट को कमि हुन नदिने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो अर्घाखाँची जिल्ला को लागि पर हेड मापन मा ४८०० का दरले बजेट बिनियोजन समेत भएको जानकारी गराउनु भयको थियो जिल्ला मा केही पालिका हरु ले पालिकाका गाडी हरु लाई कतै आफ्नो निजि काममा समेत लगाइएको सुन्न आएको भन्दै आक्रोश समेत ब्याक्त गर्दै त्यस्को अनुगमन को लाई जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिनु भएको थियोे ।सोही कार्यक्रम मा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ले भन्नू भयो हामी सबै ले आ आफ्नो कार्यशैली लाई सच्याउदै अगाडि बढनको विकल्प नरहेको भन्दै जनप्रतिनिधि हरु नीति र निर्माणकर्ता मात्र भएको भन्दै कसरी सम्मुनत बनाउन सकिन्छ भन्ने कुरा कर्मचारी तन्त्र ले बुझनु पर्छ भन्दै सरकारी तथा गैर सरकारी संघ संस्थाहरु ले आ आफ्ना कार्यक्रम हरु लाई पारदर्शी बनाउन समेत आग्रह गर्नु भयो ।
कार्यक्रम मा स्थानीय नगरपालिका को तर्फ बाट सन्धीखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल गाउँपालिका को तर्फ बाट मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य ले आ आफ्नो सारगर्भिक मन्तव्य राख्नु भएको थियो सोही कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल ले बडो महत्त्वपूर्ण मन्तव्य राख्दै धरातल र आकाश को प्रसङ्ग ले सभा हल र हलमा रहेका बिशिस्ट र बिषेश अतिथिहरु र अन्य सबै बाट मुक्त कन्ठले सबैको प्रसमनिय बन्नु भएको थियो ।नेपाल पत्रकार महासंघ का जिल्ला अध्यक्ष हिम जिसि लेकाली ले सबै लाई धन्यवाद दिनु भएको कार्यक्रम को जिल्ला समन्वय समिति का सभापति पिताम्बर शर्मा को अध्यक्षता र शेषकान्त घिमिरे ओशन को सन्चालन मा सम्पन्न भएको थियो ।