अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा विपी कोईरालाको १०६ औँ जन्मोत्सवको अवसरमा विपी स्मृति भवन सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल भुसाल, क्षेत्रीय सभापति केशवराज कुवँर, महासमिती सदस्य केशव श्रेष्ठ, पुर्व जिल्ला सचिव लोकेन्द्र विक, जिल्ला सदस्य संगिता बेल्वासे, महिला संघका जिल्ला सचिव छमा कार्की लगायतले विचार राखेका थिए ।
कार्यक्रम विपी विचार समाज अर्घाखाँचीका अध्यक्ष हुमप्रसाद बन्जाडेको अध्यक्षता, महाधिवेशन प्रतिनिधी कृष्ण खनालको स्वागत र ट्रेड युनियन काँग्रेसका प्रदेश सचिव नन्दराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै कांग्रेस अर्घाखाँचीले भदौ २४ गतेदेखि पाणिनी गाउँपालिकाको पणेनाबाट द्रोसो चरणको जागरण अभियान सञ्चालन गर्ने भएको छ ।