अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको एक मात्र सरकारी अस्पतालमा क्षमताभन्दा बढी मात्रामा बिमारीको चाप परेपछि समस्या पैदा हुन थालेको छ ।
बिमारी परेपछि जिल्ला अस्पतालको अपेक्षा गर्नु स्वभाविक भए पनि अस्पतालभित्रको सीमित साधन-स्रोत तथा विभिन्न जटिलताका कारण सेवाग्रही र अस्पतालकर्मी दुवैपक्ष असन्तुष्ट रहँदै आएका छन् ।
नेपाल सरकारबाट १५ बेडको स्वीकृति प्राप्त गरेको सन्धिखर्क अस्पतालमा आन्तरिक स्रोतलाई समेत हिसाब गर्दा जम्मा ३६ बेड रहेका छन् । दिनहुँ बिमारीको चाप बढ्दै गएपछि अस्पतालभित्रको करिडोर एवम् पेटीमा समेत बिमारी सुताएर अस्पतालले उपचार गराएको देख्न सकिन्छ ।
अस्पतालका अनुसार अस्पतालमा आएका बिमारीहरूलाई