सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले शिक्षालाई ब्यावहारिक र बैज्ञानिक प्राबिधिक बनाउनु पर्ने बताउनु भएको छ ।
४० औ राष्ट्रिय शिक्षा दिबसको अबसरमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रमको उदघाटन गर्दै सासद घिमिरेले शिक्षाको किकासका लागि र गुणस्तरीयताका लागि तिनै तहका सरकारहरु लागि परेकाले अब प्राबिधिक शिक्षालाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिका भित्र शैक्षिक सुधारका लागि स्थानि सरकार लागि परेको बताउदै अहिले भाषण भन्दा काम गरेर देखाउने बेला आएको बताउनु भयो । भुसालले बिधालय हरुको प्रभाबकारि अनुगमन नहुदा शैक्षिक क्षेत्र बिगत देखि नै खस्किदै आएकोले नगरपालिकाले नयाँ योजनाका साथ शैक्षिक बिकासका लागि गृह कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले शैक्षिक क्षेत्रको बिकासका लागि तिनै तहका सरकार हरु जिम्मेवार हुनु पर्ने बताउदै गुणस्तरीयमा ख्याल राख्नु अभिभावकहरुको दायित्व रहेको बताउदै अर्घाखाँची जिल्लामा शिक्षा क्षेत्रको सम्रग बिकासमा आफुहरुले बिगत देखि नै भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली नगर शिक्षा अधिकारी युगल नारायण बस्याल शिक्षा ईकाई प्रमुख मणिराम पराजुली नगरपालिकाका १२ वार्डका अध्यक्षहरु कार्यपालिका सदस्यहरु हिक्षाबिद नगरबासी विभिन्न बिधालयका कर्मचारीहरुको सहभागीता रहेको थियोे ।
सम्मान कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षता जीवन ज्ञबालीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।