सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७६भाद्र २५ । सन्धिखर्क नगरपालिकाकाे अायाेजना वडा नं.९ काे ब्यवस्थापनमा अर्घा रजस्थल मा.बि. रहिसचाैरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरकाे उद्घघाटन प्रदेश सभा सदस्य चेतनारायण अाचार्यले गर्नु भएको छ । उहाँले शिविरमा संलग्न भई जनसेवाकाे काममा संलग्न चिकित्सकहरूलाई बधाई दिदै यस्ता शिबिरहरूले स्थानीय स्वास्थ्य सेवामा मलम पट्टि लगाउने गरेकाे बताउनु भयाे । कार्यक्रम काे सहकार्य र समन्वय जाेडिनुहाेस् जिल्ला संग अभियान ,र या्ेङ्ग डक्टर्स एशाेसियसन नेपाल,साथै राष्ट्र का लागि युवा सन्जाल अर्घाखाँचीकाे रहेकाे थियाे ।
शिविरमा प्रसुती सेवा ,दन्त सेवा,बाल राेग सेवा ,साथै जनरल उपचार सेवा प्रदान गरियकाे थियाे । कार्यक्रमकाे उद्घघाटन समाराेहमा वडा नं.९ का अध्यक्ष देवी बहादुर रायमाझी काे अध्यक्षता , वडा सचिव धर्मराज पाण्डेकाे सन्चालन र वडा सदस्य बिष्णु प्रसाद अाचार्य ले स्वागत गर्नु भएको थियाे । कार्यक्रम मा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि क किशाेर ,प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालि,स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू ,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,साथै पत्रकारहरूकाे समेत उपस्थिती रहेकाे थियाे ।
कार्यक्रम मा अभियानका मुख्य संयाेजक पत्रकार अधिबक्ता तेजेन्द्र पाण्डे संयाेजक डाक्टर निकाेलस भुसाल ,डा,छवि पन्थी महिला डक्टर प्रियन्का अानन्द लगायत १०जना डाक्टरहरू निशुल्क सेवामा सम्मिलीत हुनुहुन्थ्यो । शिबिरमा चारसय पचास जना ब्यक्तिहरूले स्वास्थ्य जाँच गराउनुभएकाे थियाे । शिविर जिल्लाका विभिन्न ठाउँमा सन्चालन गर्ने अायाेजककाे लक्ष अनुसार हालसम्म मालारानी गाउँपालिका ,सन्धिखर्क नगरपालिका वडा नं.१० र वडा नं.९ मा सम्पन्न गरियकाे छ ।
साेहि सिबिर भाद्र २६ गते पाणिनि गाउँपालिकाकाे पाेखराथाेकमा सन्चालन गरिने अायाेजकबाट जानकारि प्राप्त भएको छ ।