सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७६भाद्र २५ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का वार्डअध्यक्ष युवराज बन्जाडेले नगरपालिका भित्र वार्ड नम्बर १ लाई नमुना सुबिधा सम्पन्न बनाउने दायित्वबाट आफु पछाडि नहटि बिकासलाई तिब्रता दिएको बताउनु भएको छ ।
बन्जाडेले नगरपालिका को वार्ड नम्बर १ भनेको सिङ्गो जिल्ला को मुटु भएको बताउदै अाफ्ना घर वरिपरि सफा सुन्दर तथा प्रत्यक घरका अगाडि बिरुवा रोपि हराभरा वार्ड बनाउने अभियानमा लाग्न अाग्रह गर्नु भयो ।
उहाले वार्ड भित्र रहेका सार्वजनिक सौचालय हरुलाई पनि ब्यबस्थित बनाउने सफा राख्ने काममा अाफुले ध्यान दिऐको बताउदै घरका पेटि भन्दा बाहिर सामान ब्यापारी ले राख्न नहुने बताउनु भयो ।
अध्यक्ष बन्जाडेले वार्डबाट हुने जन्ताको काम ५ मिनेटपनि नलगाई सेवा दिऐको बताउदै हराभरा वार्ड बनाउने अभियानमा जुट्न वार्ड बासिलाई अाग्रह गर्नु भयो ।
उहाले अाफु जन्ताको सेवक भएको बताउदै अाफ्नो एक मात्रै उदेश्य ५ बर्षमा नगरपालिका को वार्ड नम्बर १ मा अाफुले जन्तासग गरेका प्रतिबद्धता पूरा गरेर देखाउने दाबि गर्नु भयो वार्डको बिकासमा कसैले पनि वखेडा हाल्न नहुने बताउदै उहाले अाफुलाई सम्बिधानले दिएको अधिकार पर्ण रुपमा कार्यनयन गरेर अगाडि बढि जन्ताको सेवा गर्ने बताउनु भयो ।