गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निर्धन उत्थान लघुवित वितीय सस्थाकाे अायाेजनमा अाज देखि सन्धिखर्कमा तीन दिने कुखुरा तालिम सुरू भएकाे छ । तालिमकाे सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विकले उढ्घाटन गर्नुभएकाे थियाे ।
कार्यक्रममा मन्तव्य राख्दै विकले जीवन स्तर उच्च हुने तर उत्पादनमा कहि नजाेडिने समस्या भएकाे यसले िवकराल रूपमा लिने बताउनुभयाे । विकले घरका सबै सदस्यहरू उत्पादन सग जाेडि सन्धिखर्क नगरपालिकालाई समृद्धि बनाउने अभियानमा जाेडिन अाग्रह गर्नुभएकाे छ ।
वितिय सस्थाबाट उत्पादनकाे लागि ऋण लिने तर भाैतिक सुविधामा खर्च गर्दा घरनघाट भएका उदाहरण धेरै रहेकाे भन्दै सचेत भएर काम गर्न अाग्रह गर्नुभयाे ।
शकर कान्त न्याैपानेकाे अध्यक्षता,प्रमराज जाेशिकाे सञ्चालन र चन्द्रबदन मिश्रकाे स्वागतमा सम्पन्न कार्यक्रम सनपा वाड नम्वर १ का अध्यक्ष युवराज बजान्डे,याेगेन्द मरासिनी ,सस्थाका देवि प्रसाद सुवेदी ,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएले मन्तव्य राख्नु भएकाे थियाे ।