पोखराथोकमा काँग्रेसको जागरण अभियान सम्पन्न, भोलि खिदिममा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  नेपाली कांग्रेस अर्घाखाँचीले आज पाणिनि गाँउ पालिका वडा नम्वर २ पोखराथोकमा जागरण अभियान सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि चन्द्र केसीले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । उनले जनताको पक्षमा बर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालले दुइ तिहाइको कम्युनिष्टको सरकारले देशमा अधिनायकबाद लादन खोजेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल प्रसाद भुसाल, उप सभापति शान्ता भण्डारी, सचिव छबिलाल पौडेल, बिष्णु भुसाल, क्षेत्रीय सभापति तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठ , महासमिति सदस्य केसब श्रेष्ठ, यादव घिमिरे, हिम्मत टण्डन, श्यामनाथ कास्यप, जय बहादुर टण्डन, जिल्ला सदस्य लोकेन्द्र बिक, कृष्ण खनाल, नेत्र प्रसाद भटराइ, माधब प्रसाद पौडेल, हेमन्त बेल्बासे, बिष्णु क्षेत्री , संगिता घिमिरे, अम्बिका पोख्रेल, मणिराम परियार, वडा अध्यक्षहरु राम प्रसाद भटराइ, थानेश्वर घिमिरे, तरुण दलका कपिल पोख्रेल, नेपाल विद्यार्थी संघका भरतमणि भटराइ, लगायतले मन्तब्य राखे ।
कार्यक्रम पोखराथोक कांग्रेसका सभापति राम प्रसाद गौतमको गौतमको अध्यक्षता, तरुण दलका अर्जुन पोख्रेलको सञ्चालनमा सम्पन्न भएको प्रकाशन तथा प्रचार प्रसार विभागका सचिव प्रेमनारायण आचार्यले जानकारी दिए । जागरण अभियान भोलि पाणिनि गाँउ पालिका वडा नम्वर ३ को खिदीम दुर्गाफाटमा गरिने नेपाली कांग्रेस अर्घाखाँचीले बताएको छ ।

अन्य समाचारहरु